नवलपरासी (पश्चिम)
श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई प्रकाउ गरेको छ । प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ।घरायसी विषयमा विवाद हुँदा युवाले सलन्तीलाई कुटपिट गरी घाइते बनाएका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्