दाङको तुलसीपुरमा भारतीय गाडीमा तीन जना बच्चाको शव फेला

दाङको तुलसीपुरमा भारतीय गाडीमा तीन जना बच्चाको शव फेला

दाङ : दाङको तुलसीपुरमा एक भारतीय कारमा तीन जना बच्चाहरुको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा रोकिराखेको भारतीय जे ०१६६०८८५ नम्बर प्लेटको कारमा बच्चाहरुको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले तीन महिना महिनादेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको जानकारी दिए। उक्त कार गत माघदेखि पार्किङ गरी राखेको थियो।

‘मृतक को हुन् र कसरी उनीहरू पार्किङ गरेको कारभित्र पुगे भनेर अनुसन्धान भइरहेको सिंहले बताए। सिंहले आफु घटनास्थलमै रहको र शव ननिकालेको बताए। उक्त कार कसको हो र कसले यहाँ पार्किङ गरेको हो भन्ने पनि खुल्न बाँकी रहेको सिंहले बताए। कार नजिकै बस पार्किङ गर्न गएका बसका चालकले गन्ध थाहापाएपछि प्रहरीलाई खबर गरेको बुझिएको छ।

प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij