मेचीमहाकाली बुहारी संयुक्त आवाज द्धारा रैनादेबी ७ मा खाद्यान्न सहयोग

मेचीमहाकाली बुहारी संयुक्त आवाज द्धारा रैनादेबी ७ मा खाद्यान्न सहयोग

पाल्पा-मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको पहलमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि भएको निषेधाज्ञाका कारण आार्थिक अबस्था कमजोर भई दैनिक गुजारा टार्न मुस्किल भएका रैनादवि छहरा गाउपालिका वडा न ७ का विपन्न वर्ग तथा दलित समुदायका ६५ घर परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
गरिबीका कारण कोही भोकै बस्न नपरोस् ,कसैको चुलो निभ्न नदिनुका साथै पिडामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको संस्थाकी कपिलबस्तु संयोजक चन्द्रा सापकोटाले बताउनु भयो ।
स्थानियहरुलाई दैनिकी गुर्जान सहयोग होस् भनेर मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अन्तरगत गठन गरिएका रुपन्देहि र कपिलबस्तुका पदाधिकारीहरुको सक्रियतामा विभिन्न व्यक्ति तथा संस्थाहरुसंग संकलन गरिएको खाद्यान्न तथा नगद बाट स्थानियहरुलाई एक कार्यक्रमका बिच बुधवार सहयोग प्रदान गरिएको हो ।
कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज बाग्मती प्रदेशका सल्लाहकार कल्पना पौडेलले हिंशामुक्त समाज निमार्णका लागि संस्थाले सक्दो पहल गरेको बताउदै हिंशामा परेका बालबालिका,महिला ,पुरुष र जेष्ठ नागरिकहरुको हक अधिकारका लागि काम गरिरहेको जानकारी दिनु भयो । कारोनाका कारण विश्व नै आक्रान्त बनिरहेको बेला नेपालमा पनि संक्रमितको संख्या बढ्दै जादा सरकारले गरेको लकडाउनका कारण भोकमरीको समस्या आउन नदिनुका साथै कसैकोे घरमा चुलो बाल्न नसकेर भोकै बस्न नपरोस् भनेर विभिन्न मनकारी व्यक्तिहरुको सानो सानो सहयोगबाट नै खाद्यान्न जुटाउन तथा वितरण गर्न सहज भएको बताउदै आगामि दिनमा पनि यस्तै सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत गर्नुभयो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काको नेतृत्वमा रुपन्देहि र कपिलबस्तुका पदाधिकारी तथा वडा नम्बर ७ का जनप्रतिनिधीहरुको सहभागितामा सहयोग प्रदान गरिएको हो । जस अन्तर्गत चामल,दाल,नुन,तेल,स्वाविन लगाएतका एक लाख तिस हजार बराबरको खाद्यान्न सामाग्री प्रदान गरिएको छ भने किशोरी तथा गर्वभती ८ जना लाई स्वास्थ्य तथा सरसफाईका सामाग्रि समेत बितरण गरिएको छ ।
सो सहयोग खाद्यान्न राहात सामाग्री हस्तान्तरण गर्दै संस्थाका संयोजक लता खड्काले संस्थाका पदाधिकारीहरुको संक्रियता ,बल्ढेङ्गढी जन्म भई हाल विभिन्न क्षेत्रमा बसोवास गर्ने र सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिहरुको आर्थिक सहयोगबाट नै खाद्यान्न हस्तान्तरण गरेको बताउने भयो । बालबालिका, माहिला तथा आर्थिक रुपमा विपन्न वर्ग तथा दलित समुदायको क्षेत्रमा हुने विभिन्न समस्याहरुमा सकरात्मक भुमिका निर्वाह गरिरहेको र आगामि दिनमा पनि निरन्तर समाज परिवर्तनका लागि काम गर्ने बताउनु भयो ।
सो अबसरमा वडा न.७ का अध्यक्ष लोकेन्द्र बहादुर खड्काले जिल्लाकै सबै भन्दा विकट वडा भएकाले स्थानियहरुको जनजिवन निकै कष्टकर भएको बताउनु भयो । गाउपालीकाले गर्नु पर्ने काम संस्थाले गरेकोमा आभार व्यक्त गर्दै आगामि दिनमा पनि सहकार्यका लागि अनुरोध समेत गर्नु भयो ।
संस्थाले केहि महिना अगाडि उक्त स्थानमा रहेको गहते मा बि मा १ लाखको अक्ष्यकोष स्थापना गर्नुका साथै स्टेशनरी प्रत्येक बिद्यार्थीलाई व्याग तथा माक्स प्रदान गरेको थियो ।
कार्यक्रम संस्थाकी अध्यक्ष लता खड्काको अध्यक्षता, वडा न.७ का अध्यक्ष लोकेन्द्र बहादुर खड्काको प्रमुख आथित्यता र संस्थाकी रुपन्देही सह सचिब ईन्द्रा बिक कोसञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij