कोरोना प्रभावितलाई युवा संघले बाँड्यो राहत

कोरोना प्रभावितलाई युवा संघले बाँड्यो राहत

बुटवल-नेपाल बाल संगठन रुपन्देहीद्वारा सञ्चालित बाल मन्दिर बुटवलमा अध्ययनरत २५ जना बालबालिकाका परिवारलाई सोमबार राहत सामग्री प्रदान गरेको छ । बाढी र कोभिडबाट प्रभावित तिनाउ नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका २५ परिवारलाई सहयोग स्वरुप राहत सामग्री प्रदान गरिएको बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले जानकारी दिए ।
राहत वितरण गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालले संस्थाले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गरे ।
बाल संगठनले राहत स्वरुप प्रति परिवार २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, दुई केजी नुन लगायत खाद्य सामग्री रहेको छ । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेको र असार लागेसँगै आएको बाढीका कारण प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं”–संगठनका अध्यक्ष भण्डारीले भने ।
उनले बाल संगठन दुःख र अप्ेरोमा परेका अभिभावकहरुको साथमा रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । “महामारीबाट अप्ठेरोमा परेका बालमन्दिरमा अध्ययनरत बालबालिकाका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु हाम्रो दायित्व हो, अप्ठेरो पर्दा बाल संगठन अभिभावककै साथमा छ”–उनले भने ।
राष्टिय युवा समिति रुपन्देहीका अध्यक्ष सरोज पोखरेलले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर बाल संगठनले रचनात्मक काम गरेको बताए ।

 

 

प्रकाशित मिति : सोमबार, असार १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij