चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै

चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै

काठमाडौं :  चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै छ।

गएराति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताए।  भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने छ।  निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, आज पनि सोही संख्यामा खोप ल्याउने जनाइएको छ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन्।

सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।

प्रकाशित मिति : बिहिबार, साउन ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij