भैरहवा
चिनियाँकम्पनीनर्थवेस्ट सिभिलएभिएशनले निर्माण ठेक्कालिएको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको समयमा सम्पन्ननगर्दा भिजिट मधेशद्वारा रुपन्देहीको बैकुण्ठपुर माविरोध प्रदर्शन गरिएको छ ।
विमानस्थलनिर्माण कार्यमाचिनियाँ ठेकदार कम्पनीले जानीजानी ढिलाइ गरेको भन्दै भिजिट मधेशले विरोध कार्यक्रम गरेको हो । भिजिट मधेश ले यथाशिघ्र हवाई मार्ग सुचारु गर्न र मजदूरको ज्यालावापतको बाँकी रकमउपलब्ध गराउन,माग राख्दै विरोध कार्यक्रमगरिएको भिजिट मधेशका केन्द्रीय सदस्यतथा रुपन्देहीजिल्ला संयोजक महेन्द्र गुप्ता (प्रशान्त) ले बताउनु भयो ।
जिल्ला सयोजकगुप्ताकाअनुसार तराई–मधेशको पर्यटन प्रवर्धनकालागि भिजिट मधेशले विभिन्नकार्यक्रमहरु अगाडी बढाएको बताउनु भयो ।
भिजिट मधेश नेपालजिल्लाकार्यसमितिको संयोजनमाविरोध कार्यक्रम गरेको हो ।
२०१४ डिसेम्बर ३१मा ६ अर्ब ८२ करोड लागतमाविमानस्थलनिर्माणको जिम्माचिनियाँकम्पनीनर्थवेस्ट सिभिलएभिएशनले लिएको हो ।
ठेक्कालिएर निर्माण सुरु भएको ७वर्ष पूरा भएको छ । ६ पटक म्यादथप्दापनिविमानस्थलबन्न सकेको छैन । तीनबर्ष अघि नै विमानस्थलनिर्माण सम्पन्नभएर संचालनमाआउनु पर्नेमाहालसम्मनिर्माण सम्पन्नहुननसक्नु र हरेक वर्ष निर्माण लागत बढ्दै जानुले राष्ट्रिय गौरबको आयोजनामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
छैठौँ पटक थपिएको म्याद २०२१ जुनअन्तिमभित्रनिर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयनप्राधिकरण मार्फत सरकारलाई सातौँ पटक म्यादथप्नकालागिपहल गरेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाआयोजनाप्रमुख ईन्जिनियर प्रवेश अधिकारीले अझै केहीकामबाकी रहेकाले थप समयको मागगरिएको बताउनु भयो ।
त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रर्बधनमा सहयोग पुग्ने विश्वास लिइएको छ । तर चिनियां ठेकेदार कम्पनीनर्थवेस्ट सिभिलएभिएशनको अनेकौं लापरवाहीकाकारण काम समयमा सम्पन्ननहुने स्थिति उत्पन्न भएपछि स्थानिय स्तर माविरोध हुनथालेको छ ।
प्रकाशित मिति : शनिबार, असोज २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्