काठमाडों -मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ । २४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । घटनास्थलमा उद्धार गर्न प्रहरी टोली खटिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।
दसैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेको प्रहरीको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : मंगलबार, असोज २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्