कातिक – फुलबारी बचत तथा ऋण सहकारी सस्था ली. को १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सहकारीको साधारण सभा सम्पन्न गरेको हो ।
बुटवल उपमहानगर पालीका सहकारी बिभागका सहकारी बिभाग प्रमुख गुणाखर खनालको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथीले सहकरी सस्थाहरुलाई व्यवस्थित गर्नको लागी राजयको उल्लेख्य भुमिका नदेखिएको बताउनु भयो । पछिल्लो समयमा सहकारीको अवस्था अस्तव्यस्त जस्तै रहेकोले सहकारीलाई व्यवस्थीत गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले सहकरी सस्थाको नियमनको पाटोमा कमिकमजोरी रहेको बताउदै बैक तथा बित्तिय सस्था क्षेत्रको नियमनको लागी राष्ट बैक भए जस्तै सहकारीलाई पनि व्यस्थित गर्नको लागी सोही अनुरुपको नियामक निकायको स्थापनाको जरुरी रहेको बताउनु भयो ।
साधारण सभामा मन्तव्य व्यक्त गर्दै संस्थाका सल्लाहकारहरु प्रेम बहादुर फौदार, टंक प्रसाद गैरे, रुक्मागत पाण्डेले सहकारी संस्थाहरुले सहकारी सिद्धान्त , नीति , विधि र प्रविधिलाई आत्मसात गरी शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनुभयो । साधारणमा संस्थाका सचिव रोशन पाण्डेले वार्षिक कोषाध्यक्ष लोकेन्द्र कृष्ण श्रेष्ठ आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक ऋषीकेश शर्माले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । फुलबारी सहकारीका अध्यक्ष चन्द्रमणी भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष पुष्कर बहादु कार्की को स्वागत रहेको कार्यक्रमको संचालन सचिव रोशन पाण्डेले गर्नु भएको थियो ।
प्रकाशित मिति : आइतबार, कार्तिक १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्