भैरहवा-गृहमन्त्री बालकृष्ण खांणले भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाप्रति गृह मन्त्रालय र सुरक्षा निकाय गम्भिर रहेका बताएका छन् । उनले विमानस्थल आउने यात्रुहरुलाई विमानस्थल सुरक्षित छ भनेर अनुभुति दिलाएर फर्काउने कुरामा गम्भिर रहेको बताए ।
शुक्रबार विमानस्थल निरीक्षण तथा प्रगतिबारे जानकारी लिदै मन्त्री खांणले भने, ‘त्रिपाल टांगेर भए पनि विमानस्थलमा सुरक्षा प्रदान गर्छौं, सुरक्षा निकायका लागि आवश्यक भवनको निम्ति स्थान छु्ट्याउनुहोला, तर भवन बिना पनि त्रिपाल टांगेर भए पनि विमानस्थलमा सुरक्षाको व्यवस्था गरिनेछ ।’
गृहमन्त्री खांणले विमानस्थल केवल हवाइ उडानका लागि मात्र नभई पर्यटन आगमन र आर्थिक केन्द्रको रुपमा अगाडी बढेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यसम्पन्न कहिले होला भन्ने सबैको चासोको विषय भएको उनले बताए ।
उनले आवश्यक उपकरण अविलम्ब जडान गरेर विमानस्थललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले लकडाउनका कारण विगतमा विमानस्थल निर्माण कार्यमा शिथिलता आएको बताए । अहिले कोभिड महामारी पूर्ण रुपमा अन्त्य नभए पनि संक्रमणदर घटेको र पर्यटन गतिविधि पनि बढ्दै गएकाले विमानस्थल निर्माणकार्य सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय हवाइजहाजमा चढ्ने यात्रुको संख्या बढेको गृहमन्त्री खांणले बताए । ‘कोभिड व्यवस्थापनमा सरकारले प्राथमिकता दिएको छ, उनले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले विमानस्थलको हालसम्म भौतिक प्रगति ९८ दशमलव २५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत भएको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले यस क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्दै गएकाले विमानस्थल यथाशिघ्र सञ्चालनमा ल्याउनुपर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले विमानस्थल निर्माण कार्यसम्पन्न हुन ढिलाई भएकोले छिटो भन्दा छिटो परीक्षण उडान गर्ने वातावरण मिलाउन सरकारसंग आग्रह गरे ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्