राष्ट्रिय राजनीतिको मुलधारमा आउन गृहमन्त्री खाँणलको आग्रह

राष्ट्रिय राजनीतिको मुलधारमा आउन गृहमन्त्री खाँणलको आग्रह

बुटवल-गृहमन्त्री बालकृष्ण खाँणले हतियार नबुझाएका शक्तिहरुलाइ हतियार बुझाएर राष्ट्रिय राजनीतिको मुलधारमा आउन आग्रह गरेका छन । हिंसाको राजनीतिले निकास नदिने भन्दै गृहमन्त्री खाँणले सबै दल तथा शक्तिहरुलाइ राजनीति मुलधारमा आउन आग्रह गरेका हुन ।
नेपाली काँग्रेस रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको पार्टीका नेता तथा कार्यकर्ता सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उनले विप्लव समूहको राजनीतिक माग र मुद्दालाइ सम्बोधन गरेर उसलाइ राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने संकल्प सरकारले गरेको बताए । गृहमन्त्री खाँणले पार्टी सभापती र प्रधानमन्त्री फरक व्यक्ति हुँदा पार्टी र सरकार दुवै ठाँउमा द्धन्द्ध बढ्ने भन्दै अहिले प्रधानमन्त्री रहेकाले सभापतीमा पनी शेरबहादुर देउवालाइ नै जिताउनु पर्ने तर्क गरे ।
मुलुकलाइ बलियो बनाउन काँग्रेस बलियो हुनु पर्नेमा उनले जोड दिए । १४ औं महाधिवेशले काँग्रेसको ऐतिहासिक भुमिकालाइ स्थापित गर्नुका साथै लोकतान्त्रिक पद्यतीलाइ बल पुरयाउने भएकाले संवेदनशील भएर लाग्न नेता कार्यकर्तालाइ निर्देशन दिए । महाधिवेशनका बेला पार्टी भित्र आन्तरिक प्रतिश्पर्धा हुनु स्वभाविक भएको उल्लेख गर्दै राष्ट्र र जनताको अधिकार रक्षाका सवालमा काँग्रेस एक ढिक्का हुने बताए ।

प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij