काठमाडौं – नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ ।
आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो । सो बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादीका एक सांसदले बताए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।
बैठकमा सांसदहरुले एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले सर्वदलीय सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताएका थिए ।
बैठकले प्रचण्डकै नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्