काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय सदस्यकाे मत गणना सुरु भएकाे छ । कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले कांग्रेस मधेशी महिलातर्फको मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।
प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ । नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेशी महिलातर्फ केन्द्रीय सदस्यको मत गणना गर्न लागिएको उहाँले बताउनुभयो ।
मधेशी महिलातर्फबाट चार पदमा पाँच जना उम्मेदवार छन् । मधेशी महिलाको सकिएपछि अरू केन्द्रीय सदस्यको मतगणना सुरु हुने छ । प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने मिति तय भएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्