काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानको अन्तिम परिणाम आज सार्वजनिक हुने भएको छ ।
अहिले तीन क्लस्टरका केन्द्रीय सदस्यको मतगणना चलिरहेको र अन्तिम परिणाम आजै बेलुकासम्ममा आउने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार अहिले खसआर्य, आदिवासी जनजाति र दलित क्लस्टरका केन्द्रीय सदस्यको मतगणना चलिरहेको र आजै रातिसम्ममा सबै परिणाम सार्वजनिक गरिसक्ने गरी गणना भइरहेको हो ।
दलित क्लस्टरतर्फ चार महिलासहित नौ जना, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना र खसआर्यतर्फ ६ महिलासहित १३ जना केन्द्रीय सदस्य बन्नेछन् । कांग्रेसमा १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ ।
प्रकाशित मिति : बुधबार, पुष ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्