बुुटवल -लायन्स क्लव अफ लुम्विनीले वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुटवल उपमहानगरपालिका १७ मोतिपुर स्थित मोतिपुर माविमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो ।
कक्षा शिसुदेखि कक्षा ४ सम्मका १ सय ७ जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको क्लवका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनु भयो ।
लायन्स क्लवका संस्थापक मेल्भिन जोन्सको १४३ औ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लवका डिष्ट्ीक एडभाईजर उमंग देवकोटा, क्लव प्रथम उपाध्यक्ष मनोज राना, कार्यक्रम संयोजक राजु गौडेल, विद्यालयका प्रधानाध्यापक लक्ष्मण मरासिनी लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
सचिव तुल्सीराम न्यौपानेको संचालनमा भएको कार्यक्रममा अध्यक्ष थापाले चिसो मौसममा वालवालिकालाई न्यानो कपडा वितरण गर्न पाउदं खुसी लागेको बताउनु भयो । न्यानो कपडा वितरण कार्यक्रममा क्लवका पदाधीकारी तथा सदस्यहरु, विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, पुष २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्