एमसिसी विरुद्ध समाजवादीको बुटवलमा प्रदर्शन

एमसिसी विरुद्ध समाजवादीको बुटवलमा प्रदर्शन

बुटवल-नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आव्हान्मा भातृसंगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आईतबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् । एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, व्यापक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए ।

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसिसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए । उनले सम्झौता लागू गराउन अमेरीकाले नेताहरुलाई धम्की दिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए । उनले आफुहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शिर्ष नेतालाई घुँडा नटेक्न चेतावनी दिए ।

बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थापाले एमसिसी परियोजनाबारे राजनैतीक र नागरिक तहमा थुप्रै प्रश्नहरु उठेकाले त्यसबारे सहमती नगरिकन संसदनमा लैजानै नहुने अडान लिए । विरोध प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसिसी परियोजना खारेज गर्न माग गरे । प्रदर्शनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश कमिटी सदस्य हिराध्वज शाहलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij