काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् ।
दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भने सहभागी हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्