काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक १२ गते सम्मका लागि स्थगित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन्।
नेकपा एमालेका सांसदहरूले भने आज पनि नाराबाजी गरिरहे। एमालेसँगै सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका केही सांसदहरूले पनि उठेर नाराबाजी गरे। सत्ता गठबन्धनको आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बठैकमा एमसिसी संसद्मा पेस गर्ने सहमति भएको थियो।
प्रकाशित मिति : आइतबार, फाल्गुन ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्