पेशागत संघ संस्थाहरुमा राजनैतिक हावि हुदां व्यवसायीको समस्या हल हुन सकेन

पेशागत संघ संस्थाहरुमा राजनैतिक हावि हुदां व्यवसायीको समस्या हल हुन सकेन

 

बुटवल

पेशागत संघ संस्थाहरुमा राजनैतिक गुट उपगुट हावि हुन नहुनेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार आयोजना गरेको होली मिलन तथा वनभोज समारोहमा वोल्नेहरुले पेशागत सुरक्षार्थ स्थापित संघ संस्थाहरुमा राजनीति हावि हुदा व्यवसायीका समस्या सम्वोधन नहुने गुनासो गरेका छन ।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले नेता गीरीले संघसंस्थाहरुलाई गन्तव्यमा पुराउन समस्या हुन धारणा राख्नु भयो । उहाँले व्यवसायी एकता र व्यवसायी बीच संवाद जरुरी रहेको औल्याउनु भयो ।

महासंघका संस्थापक अध्यक्ष माधव नेपालले जीवनको महत्व नबुझनेहरु संघसंस्थाका बाधक रहेको बताउनु भयो ।

उहाँले पेशागत हकहित र सुरक्षाका लागि व्यवसायीक एकता अपरिहार्य रहेकोमा जोड दिनु भयो । होटल व्यवसायी महासंघका सहकोषाध्यक्ष मोदनाथ वेलवासे, महासंघका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ ,संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष बावुराम गौतम लगायतले व्यवसायीक एकता र कोभिडले थलापरेको पेशा व्यवसायमा होली मिलन समारोहले केही राहात पुग्ने आशा व्यक्त गर्नु भयो ।

संघका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव माधव कुमार खनालले सरकारले हालै घोषणा गरेको होटल तथा पर्यटन सेवाका व्यवसायलाई चौविसै घण्टा खुल्ला गर्ने निर्णय ततकाल व्यवहारमा लागु गर्न माग गर्नु भएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij