काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वान टू वान’ वार्ता भएको हो।
भेटवार्तापछि प्रधानमन्त्रीद्वले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन गर्दैछन्।
कार्यसूचीअनुसार वार्तापछि दुवै प्रधानमन्त्रीले चार वटा परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिमण्डल स्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ।
तीन दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेटको एजेन्डाबारे ब्रिफिङ गरेका थिए। द्वीपक्षीय वार्ता अघि प्रधानमन्त्री देउवा बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर माल्यार्पण समेत गरेका छन्।
प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्