बुटवल
नेपाली नयाँ वर्षमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले ‘तेस्रो कला संस्कृती तथा खाना महोत्सव’को तयारी गरेको छ । नयाँ वर्ष २०७९ बैशाख १ गते बुटवलको हिलपार्कमा तेस्रो कला संस्कृती तथा खाना महोत्सवको तयारी गरिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
आन्तरिक पर्यटन पवद्र्धनको लागि आयोजना गरिएको महोत्सवमा यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा प्रदान गरिएका सेवा सुविधा, अतिथि सत्कारका साथै विभिन्न जातजाती मगर, नेवार समुदायका सांस्कृतिक परिकारका स्वाद चखाईने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो । त्यस्तै नेपाली कला संस्कृतिसंग सम्बन्धित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।
बिहान १० देखि साँझ ९ बजेसम्म सञ्चालन गरिने खाना महोत्सवमा १२ वटा स्टल समावेश गरिने छ । ती स्टललाई निःशुल्क व्यवस्था मिलाईएको छ भने हिलपार्कमा प्रवेशको टिकट समेत निःशुल्क गरिएको उहाँले जानकारी गराउनु भयो ।
संघले बुटवलमा पहिलो पटक २०७५ र दोस्रो पटक २०७६ मा सडक खाना महोत्सव गरेको थियो । त्यसयता भने कोरोना भाईरस संक्रमणको महामारीका कारण खाना महोत्सव गर्न नसकिएको अध्यक्ष गौतम बताउनुहुन्छ । कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय सामान्य रुपमा फर्किन नसकेको र बाह्य पर्यटकमा मात्रै भरपर्ने हो भने पर्यटन व्यवसाय धारासायी हुने भएकाले आन्तरिक पर्यटन पर्वद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका महासचिव माधवकुमार खनालले बताउनु भयो ।
संघले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव सञ्चालन गर्ने तयारी गरिएको भएपनि यद्यपी निर्माणाधिन सडकका कारण कार्यक्रम गर्न नसकिएको उहाँले बताउनु भयो । उक्त कार्यक्रमलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा पर्ने नुवाकोट गढीमा सञ्चालन गर्ने तयारी भएपनि त्यस समयमा निर्माणाधिन सडक बन्द हुने भएकाले अन्तिम अवस्थामा बुटवलको हिलपार्कमा कार्यक्रम गर्न लागिएको अध्यक्ष गौतमले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, चैत्र २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्