सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको निर्णय

सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको निर्णय

काठमाडौं – सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म आमसभा गर्ने भन्ने भएको छ’, माओवादी नेता देव गुरुङले भने, ‘सबै प्रदेशको राजधानीहरुमा आमसभा गर्ने निर्णय भएको छ ।’

जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij