स्वस्थ्य सतर्कता अपनाउन विज्ञहरुको अपिल

स्वस्थ्य सतर्कता अपनाउन विज्ञहरुको अपिल

काठमाडाै‌ं – मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन्।​

जलवायु जन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन जोड दिएका हुन्।

अल्का अस्पतालका जनरल फिजिसियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरे।

उनले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरे।

मौसम परिवर्तनका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डायरिया हुने लगायतका समस्या देखिइरहेको भन्दै उनले सचेत हुनुपर्ने बेला आएको बताए।

डा. पाण्डेले भने, ‘अहिले मौसम चेन्ज भइरहेको छ। जाडोबाट गर्मी हुँदै आइरहेको छ। पोलुसन हाई लेभलमा छ। विशेष गरेर काठमाडौंमा। यस्तो बढी बिरामीहरुलाई मार पर्ने भनेको बुढापाकाहरु जुनमा दम हुन्छ, मुटुको रोगी हुन्छ, सुगरको रोगीहरु हुन्छ, तिनीहरुलाई बढी असर पारेको छ।

तिनीहरुको श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया, हुने लगायतका समस्या देखिरहेका छन्। वृद्धवृद्धाहरुमा, बालबालिका, गर्भवती महिलाहरूमा इम्युन कमी हुन्छ।

यस्ता मान्छेलाई मौसम परिवर्तनका कारण झाडापखाला, जस्ता धेरै रोग लाग्ने चान्स हुन्छ। यिनीहरुलाई सकेसम्म खानेकुरामा ध्यान दिनुपर्छ।

पोलुसनहरुमा नहिँड्ने। पानी तताएर खाने, बाहिरको खाना सकेसम्म नखाने। प्रेसर,सुगरका बिरामीहरुले औषधि नियमित सेवन गर्ने गर्नुपर्छ।’

डा. पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकूल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताए।

पछिल्लो समय नेपालको काठमाडौं सहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यवर्द्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन्।

केही समयअघि विश्वका प्रमुख शहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो।

प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij