दुर्घटनाग्रस्त जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्नुहुन्छ : जीवित कोही भेटिएनन्

दुर्घटनाग्रस्त जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्नुहुन्छ : जीवित कोही भेटिएनन्

काठमाण्डाै – तारा एअरको दुर्घटनाग्रस्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ ।

उहाँले आफूहरुले बिहान ६ बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताउनुभयो ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको कात्तिक २८ गते हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोशेरे भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij