आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल हुने

आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाण्डौ ।

 

प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ ।

 

बजेट नागरिकमुखी नभएर चुनावमुखी भएको एमालेको टिप्पणी छ । एमालेको हिजोको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटको भण्डाफोर गर्न निर्देशन दिनुभएको थियो । अस्ति अर्थमन्त्री जर्द्धन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij