सञ्चारमाध्यममा दलित सवाल बिषयक अन्तरक्रिया

सञ्चारमाध्यममा दलित सवाल बिषयक अन्तरक्रिया

बुटवल-समाजको पिँधमा पारिएको समुदायको सवाललाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन । बुटवल उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनीले आईतबार बुटवलमा आयोजना गरेको सञ्चारमा दलित सवाल बिषयक अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन ।
कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले पत्रकारिता क्षेत्रले समाजिक रुपमा पछाडि पारिएका सुमदायको सवाललाई उठाउनुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रले समाजमा रहेका सहि सूचनालाई मात्रै ल्याउनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष एंव संविधानसभा सदस्य विनोद पहाडीले मिडियाले दलित तथा सिमान्तकृत समुदायको सवाललाई प्राथमिकताका साथ उठाउन आग्रह गरे । उनले सञ्चारमाध्यमले जहिले पनि पछाडि पारिएकाहरुको आवाजलाई उठाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकार महासंघले समावेशितालाई ध्यान दिदै कार्यसमिति बनाउने गरेको बताए । उनले पिँधमा पारिएका समुदायको आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सञ्चारमाध्यमले पछाडि पारिएका समुदाय र वर्गकै आवाज उठाउनुपर्ने भन्दै यस्ता मुद्धामा पत्रकारहरु संवेदनशिल बन्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियारले कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनीमा तुलनात्मक रुपमा मिडियाले दलितको सवाललाई प्राथमिकतामा राखेपनि ती घटनामा आधारित रहेको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनीका अध्यक्ष चिन्ता परियारको अध्यक्षता, सचिव सञ्जय सौगातको स्वागत एंव अम्बिका परियारको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बुटवल उपमहानगरका जनप्रतिनिधि, संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij