राष्ट्रियसभाको अर्को बैठक आइतबार बस्ने

राष्ट्रियसभाको अर्को बैठक आइतबार बस्ने

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गरेका हुन् ।

तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहेका थिए । यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गरेका छन् ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : शनिबार, असार ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij