बुटवल
गृहमन्त्री बालकृष्ण खाँणले सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन गर्नुभएको हो ।
राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो जग्गा धनी पूर्जा वितरण गर्न आयोगका पदाधिकारीलाई निर्देशन गर्नुभएको हो ।
गृहमन्त्री खाँणले भूमिहीनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको ठूलो सहयोग चाहिने बताउनु भयो।
उहाँले भूमिहीन सम्बन्धी सबै समस्या समाधान गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नु भयो।
त्यस्तै, प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले आयोगले भूमिहीन सुकुम्बासीहरुले उपभोग गर्दै आएको जग्गाको स्वामित्व प्रदान गरेर जग्गाको मालिक बनाएर यो समस्या सदाका लागि अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष केशवप्रसाद निरौलाले नेपालमा भूमिहीन समस्याको अन्त्य गर्ने गरी आयोगले काम गरेको बताउँदै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै भूमिहीनलाई पूर्जा वितरण गरिसक्ने जानकारी गराउनुभयो ।
प्रकाशित मिति : शनिबार, असार ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्