श्री शंकरनगर दुर्गादत्त मा.वि मा सदन विभाजन

श्री शंकरनगर दुर्गादत्त मा.वि मा सदन विभाजन

 

तिलोत्तमा-२ मा रहेको श्री शंकरनगर दुर्गादत्त मा.विमा अतिरिक्त क्रियाकलाप अन्तरगत सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई अध्ययनका साथसाथै विभिन्न सृजनात्मक, रचनात्मक एवम् व्यवहारिक ज्ञान दिलाउने उदेश्यले विद्यालयमा अध्धयरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई विभिन्न पहेँलो, रातो, हरियो र निलो सदनहरुमा विभाजन गरिएको छ । विद्यालका सह-प्राचार्य प्रकाश लाल श्रेष्ठको अध्यक्षतामा सञ्चालित साे कार्यक्रमको प्रमुख अतिथिको रुपमा विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डे र शिक्षक शिक्षिका लगाएत पूर्व सदन प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमबाट रातो सदनको लिडरहरुमा बिपर्सन कुवर र मनोज भण्डारी , हरियो सदनको लिडरहरुमा गणेशमान पुन र वर्षा भुजेल , निलो सदनको लिडरहरुमा कृतिका खत्री र शान्ती गौचन र पहेलो सदनको लिडरमा मोहित ज्ञवाली छानिएका छन् । नवगठित सदनका लिडरहरुले कोभिड–१९ महामारीले विगतको वर्षमा अतिरिक्त क्रियाकलापमा अवरोध सृर्जना गरे पनि अब प्रभावकारी रुपमा आफ्ना कार्यक्रमहरु वर्षभरि नै गर्ने प्रतिबद्धता जनाएका छन् र विद्यालयबाट हुने सम्पूर्ण सहयोग सधैभरी रहने प्रतिबद्धता जनाएका छन् । सम्पूर्ण कार्यक्रमको सम्योजन अतिरिक्त क्रियाकलाप प्रमुख गणेश पन्थले गरेका थिए ।

प्रकाशित मिति : आइतबार, असार ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij