बुटवल
लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीकाे राजीनामा स्वीकृत भएको छ ।
विवादमा आएकी लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले यही असार १२ गते दिएको राजिनामा आज स्वीकृत भएको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् ।
जेठ ३१ दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिटमा संलग्न रहेको भनी उनि विवादमा तानिएकी थिइन् ।
घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन् ।
पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो।
प्रकाशित मिति : बुधबार, असार १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्