रुपन्देहीको गैडहवामा ऋण तिर्नेबारे परिवारमा विवादपछि कुटपिट, एक जनाको मृत्यु

रुपन्देहीको गैडहवामा ऋण तिर्नेबारे परिवारमा विवादपछि कुटपिट, एक जनाको मृत्यु

रुपन्देहीको गैडहवामा ऋण तिर्ने विषयमा विवाद हुँदा भाइले हानेको ढुङ्गाले लागेर दाइको मृत्यु भएको छ। गैडहवा १ को पच्चिस बगियाका ३० वर्षीय महेश भरको आफ्नै भाइ उमेश भरले हानेको ढुगांले लागेर मृत्यु भएको हो।

लघुवित्तको ऋण तिर्ने विषयमा मंगलबार साँझ दाजुभाइबीच झगडा र पिटापिट भएको थियो। सोही क्रममा भाइ उमेशले हानेको ढुगांले लागेर गम्भिर घाइते भएका महेशको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले बताए।

सुर्यपुरा ग्रामिण लघुवित्तबाट दुइ वर्षअघि भर परिवारले २० हजार ऋण लिएका थिए। लामो समय ऋण नतिरेको भन्दै मंगलबार दिँउसो लघुवित्तका कार्मचारी भरको घर पुगेका थिए। साँझ ९ बजेतिर खाना खाने बेला ऋण कसले तिर्ने भन्ने विषयमा दाजुभाइबीच झगडा भएको थियो।

झगडाकै क्रममा पिटापिट हुँदा भाइ उमेशले दाजुलाइ ढुंगाले हानेको महेशकी श्रीमती गिता भरले प्रहरीलाई बताएकी छन्। उनले देवर र सासु सुराराविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीले भाइ उमेश र उनका बुवाआमालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। मृतक भरका दुइ छोरी पनि छन्।

प्रकाशित मिति : बुधबार, असार २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij