लुम्बिनीका उत्कृष्ट सामुदायिक वन तथा कर्मचारीलाई मन्त्रालयको सम्मान

लुम्बिनीका उत्कृष्ट सामुदायिक वन तथा कर्मचारीलाई मन्त्रालयको सम्मान

बुटवल

लुम्बिनी प्रदेशको बन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले उत्कृष्ट सामुदायिक बन र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । मन्त्रालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरि प्रदेशका उत्कृष्ट तीन वटा सामुदायिक बन र उत्कृष्ट कार्यसम्पादन गर्ने चारजना कर्मचारीलाई सम्मान गरिएको हो ।
मन्त्रालयले बुटवल उपमहानगरपालिका वडा नं. १२ को चारपाला सामुदायिक बन, पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ को पाखुरी सामुदायिक बन र कपिलबस्तुको वाणगंगा नगरपालिकाको वैजलपुर सामुदायिक बनलाई जनही ५१ हजार १ सय रुपैंया नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
त्यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने मन्त्रालयका अधिकृत केशर खड्का, डिभिजन बन कार्यालय पाल्पाका सहायक बन अधिकृत उपेन्द्र अर्याल, डिभिजन बन कार्यालय कपिलबस्तु गौतमबुद्धका बनकर्मी जम्दार पर्शुराम थारु र रोल्पाका बन रक्षक गोवनसिंह गोसाईलाई २३ हजार रुपैंया नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
उहाँहरुलाई सम्मान गर्दै बन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गर्ने परम्पराले अरु कर्मचारीलाई पनि हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयले लिएको लक्ष्य हासिल गर्ने गरी काम गर्न पनि मन्त्रालय तथा मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

प्रकाशित मिति : बिहिबार, असार ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij