एम अधिकारी राष्ट्र बैंकका गभर्नर भए राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

एम अधिकारी राष्ट्र बैंकका गभर्नर भए राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

काठमाण्डाै – सत्ता साझेदार दलहरूको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीकाे विषयमा छलफल भएको छ ।

बैठकमा छलफलका क्रममा एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएमा उहाँले राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जोड दिनुभएको छ । यसबारेमा बैठकमा कुराकानी भएको र प्रधानमन्त्री देउवाले पनि चासो व्यक्त गर्नुभएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम उल्लेख गरेपछि गभर्नर अधिकारी विवादमा पर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बिहान बसेको गठबन्धनका बैठकमा कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्ति नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि गभर्नर हुन नपाउने व्यवस्था भएको र यदि गभर्नर अधिकारी नै ती व्यक्ति हुन् भने यो निकै नै गम्भीर विषय भएको प्रधानमन्त्रीले भन्नुभएको डा. महतले बताउनुभयो ।

बैठकले यसबारेमा थप छलफल गर्ने निष्कर्ष निकालेको छ । ‘यो विषय असाध्यै गम्भीरताका साथ उठेको छ । यदि गभर्नर नै एम अधिकारी हुन् भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा विभिन्न पार्टीका प्रतिनिधिबाट धारणा आएको हो’, कांग्रेस प्रवक्ता डा. महतले भन्नुभयो ।

यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij