तिलोत्तमा-रूपन्देहीको तिलोत्तमाको चौथो नगरसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ ।
९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि पुन स्थगित भएको हो ।
बैठक स्थगितपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि नाराबाजी गरेका छन् । अहिले उनीहरूले नाराबाजी र अभद्र व्यवहार प्रदर्शन गरिरहेका छन् ।
उपमेयर जागेश्वरी चौधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दाबाद,कांग्रेसका हाकिम मुर्दावाद , राजिनामा दे लगायतका नारा लगाएका हुन् ।
उपमेयर चौधरीले हाकिमलाई तँ नै भनेर गाली नै गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका छन् ।
बैठक स्थगित भए लगत्तै नगर प्रमुख रामकृष्ण खांण र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेले घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको छ ।
उनीहरू सुरक्षित हुनका लागि हलमा पुगेका थिए ।
सोहि हलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू पुगेर हुलदंगा गरेपछि प्रहरीको बाक्लो उपस्थिती रहेको छ । यसअघि असार ३१ गते नगरसभाको बजेट पास गर्न बसेको बैठकमा उपमेयर चौधरीका कारण बैठक बस्न २ घण्टा ढिलाई भएको र गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
बजेटसभामा एकमात्र एजेन्डा बजेट पास गर्ने भएपनि एमालेले भने उपसमितिको पनि एजेन्डासंगै लैजान भनेपछि बिबाद चुलिएको हो ।
तिलोत्तमाको कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतको दम्भ देखाउदै एकलौटि गर्न खोजेपछि शुरू देखिनै बिबाद उत्पादन भएको हो तर नगरप्रमुख खांणले भने समितिहरू सहमतिका आधारमा समाबेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन् । आज स्थगित बैठक भोलि बस्नेछ ।
प्रकाशित मिति : आइतबार, साउन १ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्