कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त:सचेतकमा मीनबहादुर विश्वकर्मा

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त:सचेतकमा मीनबहादुर विश्वकर्मा

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । यादव पूर्वउपसभामुखसमेत हुनुहुन्छ ।

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि त्याे पद रिक्त भएको हो ।

यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित हुनुभएपछि गएकाे हप्ता त्याे पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांग्रेस सभापतिसमेत रहनुभएका संसदीय दलका नेता देउवाले नियुक्ति गर्नुभएको हो ।

संसदमा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।

प्रकाशित मिति : बुधबार, साउन ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij