प्रतिनिधिसभाबाट कारागार विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट कारागार विधेयक सर्वसम्मत पारित

file

काठमाडाैं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले कारागार विधेयक सर्वसम्मत पारित गरेको छ।

 

आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक निर्णयार्थ पेश गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्।

आजको पहिलो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

छलफल सकिएपछि निर्णयार्थ पेश गर्दा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेट स्थगित गरिएको थियो।

नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या एकिन गर्न माग गरेपछि एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६७ जनामात्र उपस्थित रहेको पाइएको थियो।

अहिले  मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशाेधनमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल चलिरहेको छ।

आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेश गरिने सम्भावित कार्यसूची छ।

 

प्रकाशित मिति : आइतबार, साउन ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij