देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगमा विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगमा विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।

उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् । उनले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन् ।

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिवद्धता हामीले संविधानमै गर्‍यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडी बढेका छौँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभूत कुरा चाहीँ तिनओटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ । कृषिप्रधान देश, उर्वरा भूमि छ । ’

उनले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताइन् । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्राउन जोड गर्नुपर्ने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij