विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री

विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभयाे । कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उहाँकाे भनाइ छ । प्रधानमन्त्री देउवाले विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ । विश्वविद्यालयले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ ।’

प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका समस्यालाई आपसी संवादमा समाधान गर्नुपर्ने उहाँकाे भनाइ छ ।

प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij