बुटवल ।
सत्तारुढ गठबन्धन लुम्बिनीले प्रदेशमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मजबुत ढंगले लैजाने निर्णय गरेको छ । शुक्रबार बुटवलमा बसेको संयुक्त गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि तथा प्रदेशसभा बैठकलाई अझै प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ । लुम्बिनी मुख्यमन्त्री कुलबहादुर केसीको उपस्थितिमा बसेको बैठकले गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा ९एकीकृत समाजवादी० लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा जारी हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्