दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौं-दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

 

दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलेबताए। मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिए।

९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार  भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वरतर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।

जिप अनियन्त्रित भएपछि खस्योः यात्रु

जिप अनियन्त्रित भएपछि दुर्घटना भएको एक यात्रुले बताएका छन्। जिपमा सवार एकजना घाइते यात्रुले चालकले गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको जानकारी दिएको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का अध्यक्षले बताए।

वडाध्यक्ष जगदिशसिंह धामीले ती यात्रुको भनाइ उदृत गर्दै भने, ‘कन्ट्रोल गर्न नसकेपछि गाडी खसेको भनेर एक यात्रुले बताएका छन्। उनी अलिअलि होसमा थिए। बाँकी ५ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्। चालक पनि घाइते छन्।’

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। प्रहरीको टोली दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij