माओवादी केन्द्रले पदाधिकारीको टुंगो आज लगाउने

माओवादी केन्द्रले पदाधिकारीको टुंगो आज लगाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउने भएको छ। बिहीबार बिहान ८ बजे बस्ने बैठकले पार्टीका पदाधिकारीको टुंगो लगाउन लागेको हो।

 

 

पार्टीका बुधबार बसेको बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बुधबार बसेको स्थायी समिति बैठकमा केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप्नुपर्ने सदस्य तथा पदाधकारी टुंग्याउने विषयमा विस्तृत छलफल गरेको बताए। ‘केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप्नुपर्ने सदस्यको टुंगो लगाउने र पदाधिकारी चयन गर्ने विषय करिब टुंगोमा पुगेको छ’, उनले भने, ‘बिहीबार बिहान बस्ने यसको अन्तिम टुंगो लगाउने छ।’

आठौँ महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारीको टुंगो लगाउन नसकेको माओवादी केन्द्रले गत असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमार्फत पदाधिकारी टुंग्याउने जनाएको थियो।

अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन सुरु भएपछि पदाधिकारी चयन तत्कालका लागि टरेको थियो। महासचिवका दाबेदारमध्य शर्मा छानबिनपछि पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्किएका कारण महासचिवका अर्का दाबेदार वर्षमान पुनको सम्भावना बढेको बताइएको छ।

असारको तेस्रो साता बसेको  बैठकले ४१ जना स्थायी समिति सदस्य बनाउने निर्णय गर्दै ३२ जनाको टुंगो लगाएको थियो।  यस्तै सुरुमा एक सय २५ सदस्यीय पोलिटब्युरो बनाउने भनिए पनि ३१ सदस्यीय वैकल्पिक पोलिटब्यूरो थप गरिएको थियो।

प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij