प्रजनन स्वास्थ्य र सुरक्षित महिनावारीको विषयमा स्वतन्त्र वहसको आवश्यकता ।

प्रजनन स्वास्थ्य र सुरक्षित महिनावारीको विषयमा स्वतन्त्र वहसको आवश्यकता ।

रुपन्देही

बालक र बालिकाहरु बीच उमेर बृद्धिसंगै शारिरिक,मानसिक र संबेगात्मक तिब्र परिवर्तन आउने गर्दछ । यो उमेरमा विषेश गरि परिवार,साथिभाई,विद्यालय,समाज लगायत सबै स्थानमा प्रजनन स्वास्थ्य र महिनावारीका विषयमा स्वतन्त्र भएर आफ्ना कुरा राख्न र बुझ्नका लागि बहस आजको आवश्यकता रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

रोटरी क्लब अफ तिनाउ बुटवल र रोटरी डिष्ट्रक ३२३९ नेपाल भुटानको संयुक्त आयोजनमा रुपन्देहीको भैरहवामा शनिबार किशोर किशोरीलाई प्रजनन स्वास्थ्य तथा सुरक्षित महिनावारी सम्बन्धी सचेतनामुलक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले विशेष गरि किशोर अवस्थामा यौन,प्रजनन स्वास्थ्य र सुरक्षित महिनावारी सम्बन्धी अभिमुखीकरण को अति आवश्यकता रहेको बताउनुभयो । पहिले हजुरआमा र आमाहरुले प्रजनन स्वास्थ्यको अवस्था र महत्वबारे शिक्षा नपाएका कारण धेरै संकुचित भावना र व्यवाहार सहनु र भोग्नु परेको थियो । अहिले समयको परिवर्तन संगै साक्षर र सामाजिक संस्थाहरुले आयोजना गर्ने यस्ता सचेतनामुलक कार्यक्रमले पनि आम मानिसको सोचमा परिवर्तन आएको छ । प्रमुख अतिथि अधिकारीले यसमा मात्र भरोसा होईन परिबर्तन म,हामी र सबै बाट संम्भव भएका कारण यो अभियानमा एक्यबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान विमन लिडरसिप इन रोटरी रिजन ५ का संयोजक देवी गुरुङ्गले रोटरीले गर्ने सात परिधिभित्रको एक महत्वपूर्ण कार्यक्रम प्रजनन स्वास्थ्य रहेको बताउदै कार्यक्रममा सिकेका कुरा व्यवाहारमा लागु गर्नुपर्ने बताउनु भयो ।

क्लबका संस्थापक अध्यक्ष देवी वाग्लले रोटरी क्लव अफ तिनाउ बुटवलले महिला र किशोरीका हरेक समस्या समाधानका लागि कार्ययोजनानै निर्माण गरि सेवामुलक कार्य गर्दे आएको बताउनु भयो । प्रजनन स्वास्थ्य र सुरक्षित महिनावारीका विषयमा किशोरी मात्र नभएर किशोर पनि सचेत भएमा मात्र स्वस्थ समाज निर्माण हुने भएकाले क्लवले यस्तो कार्यक्रम आयोजना गरेको बताउनु भयो । यस्तै निवर्तमान अध्यक्ष प्रतिमा भुसालले रुपन्देहीको दक्षिणी भेगका किशोर किशोरीहरु माझ प्रजनन स्वास्थ्य र सुरक्षित महिनावारीका विषयमा सहजरुपमा सूचना प्रवाह गर्नका लागि रोटरी क्लव अफ तिनाउ बुटवल र रोटरी डिष्ट्रिक ३२३९ ले यस कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक स्त्रिी तथा प्रसूति रोग विशेषज्ञ डाक्टर दीपाञ्जली शर्माले कार्यक्रममा सहभागी किशोर किशोरीलाई महिनावारी भनेको के हो, महिनावारीको समस्या,,नहुनुको कारण, अनियमिता र सुरक्षित महिनावारीका लागि ध्यान दिनुपर्ने विषय एवं प्रजनन स्वास्थ्यका बारेमा सहजिकरण गर्नुभएको थियो । यस्तै कार्यमका प्रशिक्षक पिताम्बर पाठक र अंशु भुसालले पनि प्रजनन स्वास्थ्यका बारेमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी किशोरी निर्मला पासी ,सरस्वति चौधरी र सागर थारुले अभिमुखीकरण कार्यक्रममा सहभागी भई प्रजनन स्वास्थ्य र सुरक्षित महिनावारीका विषयमा राम्रो संग बुझ्न पाएकोमा प्रशिक्षकलाई धन्यवाद दिएका थिए । उनिहरुले विद्यालयमा शिक्षकले सरसरति पढाएर मात्र जाने भएकाले पनि राम्रो संग बुझ्न नसकिएको कुरा यस कार्यक्रममा सहज र संवादका साथ बुझ्न पाएकोमा खुशी व्याक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम रोटरीले आयोजना गर्नुपर्ने सुझाव दिए । उनिहरुले कार्यक्रममा सिकेका कुरा व्यवाहरमा लागू गर्र्दै आफूहरु परिवर्तनको संवाहक बन्ने समेत प्रतिबद्धता जनाएका थिए ।

रोटरी क्लव अफ तिनाउ बुटवलका अध्यक्ष कल्पना तिवारीको अध्यक्षता,पे्रसीडेन्ट इलेक्ट अमृता भुसालको स्वागत, प्रथम उपाध्यक्ष उमा आचार्यको धन्यवाद तथा सचिव अनिता भुसालको संचालनमा सम्पन्न कार्यक्रममा रुपन्देहीको तिलोत्तमा ,सिद्धार्थनगर नगरपालिका,मायादेवी ,कोटहीमाइ ,रोहीणी मर्चवारी गाँउपालिकाका किशोर किशोरी, रोटरीयन र ननरोटरीयन गरी ७५ जनाको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : शनिबार, भाद्र १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij