ःःबटवल,
सार्वजनिक लेखा समिति सभापती भरत कुमार शाहले मानविय विकास र समाज परिवर्तनकालागि शिक्षा क्षेत्रको विकास अनिबार्य भएको बताएका छन । लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सैनामैनाको दसौं साधारण सभा तथा पुस्तकालय दिवशको अबसरमा आयोजित कार्यक्रममा बोल्दै शाहले शिक्षाको विकास नभए सम्म समाज परिबर्तन सम्भव नभएको बताए ।
पठन संस्कृतिको विकास गर्न लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयले सैनामैना क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै सांसद शाहले पुस्तकालयको स्तरोन्नती गर्दै जिल्लाकै नमुना बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले पुस्तकालय नगरकै गहनाको रुपमा रहेको भन्दै यसको विकास र सम्बद्र्धनमा नगरपालिकाले विशेष ध्यान दिने बताए । कार्यक्रममा सैनामैनाका उपप्रमुख बिना राना,पुर्व मेयर चित्रबहादुर केसी,पुस्तकालयका अध्यक्ष गोपाल भण्डारी, पुर्व अध्यक्ष तथा कुश्माखर ट्रष्टका संयोजक युवराज काफ्ले,साहित्यकार बनमाली निराकार,,नारायण महत,,माया ज्ञवाली,केशवराज अर्याल,लगायतले बोल्दै पुस्तकालयको विकासले पठन संस्कृतिको विकास गरेको बताए ।
प्रकाशित मिति : सोमबार, भाद्र २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्