काठमाडौँ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ ।
आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ ।
यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्