काठमाण्डाै – अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ।
सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताउनुभयो । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन ।
यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा सन्धिखर्क–२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते हुनुभएको छ । घाइतेको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्