बुटवल
बुटवलमा २० बर्ष उमेर समुहका युवा युवतीहरुका लागि उत्प्रेरणा र नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सामुदायीक जागरण बिकास मन्चको आयोजनामा तथा बुटवल उपमहानगरपालिको सहयोगमा भएको तालिममा ४५ जना युवायुवतीको सहभागीता रहको थियो । तालिमको समापन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मुलुक र समानज परिवर्तनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सीकाई ग्रुपकी सरिता श्रीस र सुन्दर दर्जीले तालिमको सहजीकरण गर्नुभएको थियो ।
मञ्चकी उपाध्यक्ष गिता मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, संस्थाका सल्लाहकार अविराम बिक, व्यवस्थापक किशोर गौतम लगायतले तामिमा सिकेका कुरा व्यवहारीक जिवनमा लागू गर्न सुझाब दिनुभयो । बुटवलको बीटीआइ गेष्टहाउसमा पुस ४ गतेदेखी सुरु भएको तालिम ७ गते सम्पन्न भएकोथियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्