पत्रकार महासंघको महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

पत्रकार महासंघको महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

सुर्खेत
नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सुर्खेतमा समापन भएको छ । ८ पुसमा सुरु भएको महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो सय संक्रिय रुपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गरेकी थिइन् ।

महासंघले जारी गरेको सुर्खेत घोषणापत्रका पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विधिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ । प्रेस स्वतन्त्रता हननका घटना रोक्न समेत महासंघले जोड दिएको छ ।

प्रकाशित मिति : शनिबार, पुष ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij