काठमाण्डौ – राहदानी विभागको सिस्टममा समस्या आएपछि बनेको राहदानी वितरण कार्य अवरुद्ध भएको छ ।
आइतबारदेखि नै सिस्टममा समस्या आएपछि राहदानी आवेदनको अवस्था हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।
अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ ।
तर सिस्टमबाट नयाँ राहदानीका लागि आवेदन दिन भने सकिन्छ । विभागले राहदानीको आवेदनका लागि दिउँसो साढे तीन बजे अपोइन्टमेन्ट डेट बुकिङ खुला गर्दै आएको छ ।
यसअघि नै समय लिइसकेकाहरूलाई भने निर्धारित मिति र समयमा नै विभागमा बायोमेट्रिकका लागि उपस्थित हुन प्रवक्ता सापकोटाले अनुरोध गर्नुभयो ।
प्रकाशित मिति : मंगलबार, पुष १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्