कास्की – हिजो आइतवार पोखराको सेती नदीकाे खोँचमा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव आफन्तलाई जिम्मा लगाउने काम सुरु भएको छ ।
दुर्घटनामा ६९ जनाको ज्यान गएकोमा ४१ जनाको परिचय खुलेको छ । ४१ जनामध्ये २४ जनाको पोखरामै पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम भइसकेका र पोखरामा पायक पर्नेहरूलाई शव बुझाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । बाँकी शवलाई थप परीक्षण र पहिचानका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भएको कार्यालयले जनाएको छ । शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरा पुगिसकेको छ ।
यसअघि बिहान शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई जना सदस्य काठमाण्डाैबाट पोखरा पुगेका थिए । ज्यान गुमाएकाहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । विमानमा ७२ जना यात्रु रहेकामा तीन जना अझै बेपत्ता छन् ।
प्रकाशित मिति : सोमबार, माघ २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्