दाङमा अवैध काठसहित ४ जनालाई पक्राउ

दाङमा अवैध काठसहित ४ जनालाई पक्राउ

दाङ ।

दाङमा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ९ बस्ने २२ वर्षीय सुल्तान मियाँ, सोही ठाउँका २६ वर्षीय जुद्ध बहादुर बराल, ४४ वर्षीय तिल बहादुर फुन्जा मगर र ३६ वर्षीय टोप बहादुर रोका रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ बजेतिर राप्ती गाउपालिका ९ देवीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अवैध रुपमा काठ कटानी भइरहेको छ भन्ने विषेश सूचनाका आधारमा इप्रका भालुबाङबाट खटिएको प्रहरी टोलीले कटानमा संलग्न ४ जना व्यक्तिसहित साल जातको काठ फेला पारी डिभिजन बन कार्यालय दाङमा बुझाएको छ ।

यस्तै प्रहरीले सालको चिरान ११ थान ९२९।७६ क्युफिट० र गोलिया थान २ ९७०।८९ क्युफिट० गरी जम्मा १००।६५ क्युफिट काठ बरामद भएको र त्यसको मूल्य करिब एक लाख हुने जनाएको छ । प्रहरीले उनीहरूको साथबाट २ वटा बन्चरो, २ वटा फलामको गल र २ वटा हाते आरा बरामद गरेको थियो ।

प्रकाशित मिति : आइतबार, माघ ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij