काठमाडाैं – सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगपालिकाको वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
आयोजना हुने नेपाल भारत विद्युत सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।
पूर्णपाठ
प्रकाशित मिति : मंगलबार, माघ २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्